गृहपृष्ठ पाल्पाको हुमिनमा ग्लोबल आईएमई बैंकको शाखारहित बैंकिङ इकाइ स्थापना

पाल्पाको हुमिनमा ग्लोबल आईएमई बैंकको शाखारहित बैंकिङ इकाइ स्थापना

ग्लोबल आइएमई बैंकले पाल्पाको हुमिनमा शाखारहित बैंकिङ इकाइ स्थापना गरेको छ । बैंकले रम्भा गाउँपालिका ४ हुमिनमा स्थापना गरेको शाखारहित बैंकिङ इकाइको गाउँपालिका ४ का अध्यक्ष भोजबहादुर बिकले उद्घाटन गरेका छन् ।

बैंकले उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधि विष्णुबहादुर बोम्रेललाई नियुक्त गरेको छ । शाखारहित बैंकिङ इकाइबाट स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सकिन्छ ।

निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, एनटीसी, एनसेल, डिसहोम, सीडीएमए, यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् । यससँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २४५ पुगेको छ ।

प्रकाशित समय १६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु