गृहपृष्ठ एनएमबी बैंकले नेपाल पुस्तक तथा स्टेसनरीका सदस्यलाई सहुलियतपूर्ण कर्जा दिने
एनएमबी बैंकले नेपाल पुस्तक तथा स्टेसनरीका सदस्यलाई सहुलियतपूर्ण कर्जा दिने
एनएमबी बैंकले नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका सदस्यलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्ने भएको छ । बैंक र संघबीच संघका सदस्यहरूको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, संघका सदस्यहरुलाई सहजपूर्ण कर्जा उपलब्ध तथा खाता सञ्चालनलगायतमा साझेदारी गर्ने गरी द्विपक्षीय समझदारी भएको हो ।
समझदारी पत्रमा बैंकका लघु, साना तथा मझौला कर्जा र लघुवित्त प्रमुख बुद्धिकुमार मल्ल र महासंघका केन्द्रीय उपाध्यक्ष कृष्णचन्द्र पौडेलले हस्ताक्षर गरेका छन् । एनएमबी बैंकले देशभरका १८० शाखा, १३५ एटीएम र ९ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आइरहेका छ ।
प्रकाशित समय ०९:२४ बजे

















