गृहपृष्ठ एनआईसी एसिया ग्रोथ फण्ड फागुन १३ गतेसम्म

एनआईसी एसिया ग्रोथ फण्ड फागुन १३ गतेसम्म

काठमाडौं । एन आईसी एसिया बैंकले निष्कासन गरेका एनआईसी एसिया ग्रोथ फण्ड फागुन १३ गतेसम्ममा बन्द हुने भएको छ । निष्कासन ग्रोथ फण्डमा माग भन्दा बढी आवेदन परेमा १३ गतेभित्र बन्द हुने जानकारी दिएको छ ।

प्रति एकाई १० रुपैयाँका दर १ अर्ब रुपैयाँ बराबरको १० करोड एकाई निष्कासन गरेको हो । ग्रोथ फण्ड माघ २ गतेदेखि निष्कासन भएको थियो । पर्याप्त रुपमा आवेदन नपरेपछि म्याद थप गरिएको थियो ।
बन्द हुने मिति माघ ८ र ढिलोमा माघ २१ गतेसम्म तोकिएको थियो । पुरै बिक्री नभएपछि समय थप थियो । ग्रोथ फण्ड कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत अर्थात १ करोड ५० लाख कोष प्रवद्र्धक एनआईसी एसिया बैंकलाई सुरक्षित राखी ८ करोड ५० लाख एकाई बिक्रीका लागि खुला गरिएको हो।
फण्डले लगानीकर्तालाई वार्षिक १६।१३ प्रतिशत प्रतिफल दिने भएको छ । एनआईसी एसियाले सार्वजनिक गरेको लगानी आब्हानपत्रमा ७ वर्ष अवधिको योजनाले पहिलो वर्ष १५।७५, दोस्रो वर्ष १६।१४ र त्यसपछिका वर्षमा १६।१३ प्रतिशत लाभांश दिने प्रतिवद्धता जनाएको छ ।
ग्रोथ फण्डले सुरुको वर्षमा १० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने छ । त्यसपछिका वर्षमा ११ करोड, १२ करोड, १३ करोड १४ करोड र छैठौ वर्षमा १५ करोड रुपैयाँ नगद लाभांश बाड्ने जनाएको छ ।
लाभांश दिन ग्रोथ फण्डले पहिलो वर्ष १८ करोड ७५ लाख रुपैयाँ आम्दानी गर्नेछ । त्यसपछिको बढ्दै गएर अन्तिम वर्षमा आम्दानी बढेर २५ करोड ३८ लाख ८३ हजार रुपैयाँ पुग्नेछ । ग्रोथ फण्डले पहिलो वर्ष १५ करोड ५६ लाख ८४ हजार रुपैयाँ नाफा गर्ने छ । त्यसपछि लगातार नाफा बढाउने प्रक्षेपण गरेको छ ।
एनआईसी एसिया बैंकको म्युचल फण्ड अन्र्तगत सञ्चालन हुने ग्रोथ फण्डको कोष प्रवन्धकमा बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेको छ ।
योजनाका इकाइ नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार हुने छ । नाफा वितरण र संचित नाफा पुनः लगानी गर्ने योजना रहेको बैंकले जनाएको छ ।

प्रकाशित समय ०३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु