गृहपृष्ठ वित्तीय कारोवार गर्ने पक्राउ
वित्तीय कारोवार गर्ने पक्राउ
काठमाडौं, फागुन ८ ।कानून विपरीत वित्तीय कारोबार गर्ने इन्भेष्टमेन्ट प्रालिका सञ्चालक पक्राउ परेको छ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो टोलीले नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट वित्तीय कारोवार गर्ने अनुमति नलिईसुनसरी र मोरङमा सञ्चालन गरेको इन्भेष्टमेन्ट कम्पनीका आठ सञ्चालकलाई कानूनी दायरा विपरीत गैरकानूनी तवरले स्थानीयवासीसँग बचत संकलन तथा ऋण प्रवाह गर्नेलगायत वित्तीय कारोवार गरेको सूचनाका आधारमा आइतबार पक्राउमा परेका थिए ।
पक्राउ पर्नेमा सुनसरीका भीमप्रसाद चौधरी, श्याम पेशकार थारु, डिल्लीप्रसाद आचार्य, प्रकाश आचार्य र सुनिल गुरागाईं, मोरङका राजु शाह तथा संखुवासभाका चन्द्रबहादुर विक र अनिता विक छन् । ब्यूरोले पक्राउ परेकासँग बचतबुक, बैंक भौचर, पासबुक, कर्मचारी नियुक्तिको करारनामा, चेकबुक, अभिलेख फाइल, ल्यापटप, रजिष्ट्रर, पासबुकलगायत सामग्री र करोडौँ रुपैयाँ बरामद गरेको छ ।
प्रकाशित समय ००:४७ बजे