गृहपृष्ठ सबिरबादे श्रेष्ठ नविल इन्भेष्टमेन्ट बैंकको सीईओमा नियुक्त

सबिरबादे श्रेष्ठ नविल इन्भेष्टमेन्ट बैंकको सीईओमा नियुक्त

काठमाडौं । मंगलबार सञ्चालक समितिको बैठकले नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सबिर बादे श्रेष्ठलाई नियुक्त गरेको छ । चार वर्षको लागि सीईओ पदमा नियुक्त गरेको उनी विगत २ वर्षदेखि सोही संस्थामा सेकेण्ड म्यानको रुपमा ‘इन्भेष्टमेन्ट बैकिङ हेड’ पदमा कार्यरत थिए ।
बेलायतबाट सन २००८ एसीसीए गरेका श्रेष्ठले सोही देशमा ६ वर्ष लेखापरिक्षणको काम गरेका थिए । बेलायतमा ६ वर्ष र नेपालमा ६ वर्ष काम गरेको अनुभव छ । शुरुका तीन वर्षमा अडिट, ट्याक्स र फाइनान्समा काम गरेका थिए । त्यसपछि विश्वकै छैटौ ठूलो अडिट फर्म बीडीओ इन्टरनेशनेलमा तीन वर्ष म्यानेजर भएर काम गरेको उनले जानकारी दिए । पुँजी बजारमा चुनौतिहरु र विकासका अवसरहरु दुबै भएको उनले बताए ।

प्रकाशित समय १४:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु