गृहपृष्ठ नेपाल इन्भेष्टमेण्ट बैंकलार्इ युरोमनी एक्सिलेन्स बैंक अवार्ड
नेपाल इन्भेष्टमेण्ट बैंकलार्इ युरोमनी एक्सिलेन्स बैंक अवार्ड

काठमाडौं
नेपाल इन्भेष्टमेण्ट बैंकले युरोमनी एक्सिलेन्स बैंक नेपाल २०१८ अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । आर्थिक मासिक पत्रिका युरोमनीले साउन २ गते हङकङमा एसियाका पाँच सयभन्दा बढी विशिष्ट पाहुना सहभागी कार्यक्रममा बैंकले प्राप्त गरेको पुरस्कार निर्देशक भुवनेश्वरप्रसाद शाहलाई प्रदान गरेको छ । युरोमनी एक्सिलेन्स अवार्ड नेपाल इन्भेष्टमेण्ट बैंकले पहिलोपटक पाएको हो ।
युरोमनी एक्सिलेन्स बैंक अवार्ड सन् १९६९ मा प्रकाशित युरोमनी म्यागेजिनका सेयर होल्डरहरुले सुरू गरेका हुन् । सन् २०१८ को अवार्डका लागि १५ सयभन्दा बढी वित्तीय संस्थाले राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी रुपमा सहभागिता जनाएका थिए ।
पाँच पटकसम्म बैंक अफ द इयर प्राप्त गरिसकेको बैंकले स्थापनाको ३२ वर्षमा उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । नेपाल इन्भेष्टमेण्ट बैंकले अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सी नेपालबाट ुएु प्लसको मान्यता प्राप्त गरेको छ ।
आठ लाख ७० हजारभन्दा बढी सेवाग्राही रहेको नेपाल इन्भेष्टमेण्ट बैंकका ७७ शाखा र १ सय ४ वटा एटिएम छन् । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकले ५७ वटा शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिइरहेको छ ।
प्रकाशित समय ०८:२५ बजे