गृहपृष्ठ १ अर्ब ६ करोड पुँजीगत लाभकर छली, महालेखाले दिए छानविन गर्न निर्देशन

१ अर्ब ६ करोड पुँजीगत लाभकर छली, महालेखाले दिए छानविन गर्न निर्देशन

काठमाडौं । सेयर कारोबार हु“दाको पुँजीगत लाभकर छली भएको भन्दै महालेखा परीक्षकको कार्यालयले  छानविन गर्न सरकारलाई निर्देशन दिएको छ ।
गत वर्षको सेयर कारोबारबाट १ अर्ब ६ करोड ६५ लाख रुपैयाँ लाभकर कम दाखिला भएको भन्दै थप छानविन गरेर असुल गर्न सरकारलाई भनेको हो । आर्थिक वर्ष ०७३/०७४ मा बढी दावी गरेको लागत खर्च ५ अर्ब ३२ करोड ३० लाख र गत आव ०७३/०७४ मा १० अर्ब २६ करोड ६७ लाख रुपैयाँ समेत जोड्दा १५ अर्ब ५८ करोड ९७ लाखको ५ प्रतिशतले हुन आउने ७७ करोड ९५ लाख रुपैयाँ छलि भएको देखाएको छ ।
यस्तै दुई आर्थिक वर्षको बोनस तथा हकप्रद सेयर बिक्रीमा ५ अर्ब ७४ करोड २ लाख ५ पप्रतिशतले हुन आउने २८ करोड ७० लाख रुपैयाँ लाभकर घटी असुल भएको महालेखाले आफनो प्रतिवेदनमा औल्याएको छ । यस्तो कारोबार विगतका वर्षमा पनि भएकाले थप छानविन गरी आय कर ऐनको दफा १३ बमोजिम वास्तविक लागत खर्च मात्र कट्टिको व्यवस्था हुनुपर्ने महालेखाले जनाएको छ ।
यस्तै आयकर ऐन बमोजिम धितोपत्र बोर्डमा सुचिकृत भएको निकायको हितको निसर्गबाट प्राप्त हुने लाभमा ५ प्रतिशत कर लाग्ने व्यवस्था रहेको छ । तर लाभ गणना गर्ने प्रयोजनका लागि बुक क्लोज गर्दाको अन्तिम मूल्यलाई बोनस तथा हकपव्रद सेयरको अनुपतले समायोजन गरी बजार मूल्यको औसत गरेर कायम भएको आधारमा मूल्यको अंकमा खर्च छुट दिने मन्त्रिस्तरबाट निर्णय भएको छ । यो व्यवस्था पुँजीगत लाभकर निर्धारण गर्ने अर्को व्यवस्था भएसम्मका लागि भएको थियो ।

प्रकाशित समय १०:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु