गृहपृष्ठ ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा महेश ढकाल

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा महेश ढकाल

ग्लोबल आईएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाल नियुक्त भएका छन् । बैंकमा असोज २५ गतेदेखि कार्यभार सम्हालेका ढकाल यसअघि मेगा बैंकमा सिनियर डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत थिए ।

अर्थशास्त्रमा स्नातकोत्तर ढकाल चार्टर्ड एकाउन्टेन्टसमेत हुन् । बैंकिङ क्षेत्रमा १८ वर्षभन्दा लामो अनुभव संगालेका ढकाल तत्कालीन टुरिजम डेभलपमेन्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहिसकेका छन् । नेपाल बैंकमा डेपुटी जनरल म्यानेजरका साथै केही समय व्यवस्थापन समूहको संयोजकको रुपमा समेत उनी कार्यरत थिए ।

तत्कालीन कर्मज एन्ड ट्रस्ट बैंकमा समेत कार्यरत रहिसकेका ढकालसँग विभिन्न संघसंस्थाको सञ्चालक समितिमा रहेर काम गरेको अनुभवसमेत छ । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत ढकाल हाल नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पार्षदसमेत छन् ।

प्रकाशित समय १९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु