गृहपृष्ठ सहयोगी विकास बैंकको नाफामा तीन सय प्रतिशत वृद्धि

सहयोगी विकास बैंकको नाफामा तीन सय प्रतिशत वृद्धि

sahayogi-building-newskarobar

सहयोगी विकास बैंकले आफ्नो नाफामा उल्लेख्य वृद्धि गरेको छ । बैंकले चालू आवको पहिलो त्रैमासमा ३०० प्रतिशतले नाफा वृद्धि गरी तीन जिल्ला कार्यरत बैंकमध्ये आफूलाई अग्रस्थानमा राख्नमा सफल भएको छ ।

गत वर्षको सोही अवधिमा बैंकको घाटा १ करोड १ लाख ८६ हजार रुपैयाँ थियो । बैंकले यो वर्षको पहिलो त्रैमासमा २ करोड २ लाख ६१ हजार १२० रुपैयाँ नाफा गर्दै आफ्नो नाफालाई लक्ष्यभन्दा बढी बढाउन सफल भएको हो ।

त्यसैगरी, बैंकले खुद नाफालाई २२७ प्रतिशतले बढाएको छ । यो अवधिमा बैंकको खुद नाफा १ करोड २८ लाख ७९ हजार ४४० रुपैयाँ छ । गत आवको सोही अवधिमा बैंकको खुद घाटा १ करोड १ लाख ८६ हजार ४४० रुपैयाँ थियो ।

बैंकले यो तथ्यांकसँगै अन्य तथ्यांकलाई समेत उत्साहजनक रुपमा सुधार गरेको छ । निष्क्रिय कर्जा १.२३ प्रतिशतमा झारेको छ । गत वर्ष बैंकको निष्क्रिय कर्जा २.५४ प्रतिशत थियो भने खुद नाफा कुल आम्दानी प्रतिशत ९.३२छ । त्यस्तै, प्रतिसेयर आम्दानी १०.१२ रहेको, बैंकको प्रतिसेयर नेटवर्थ १४६.४३, मूल्य आम्दानी अनुपात २१.५४ प्रतिसेयर, कुल सम्पत्तिको मूल्य १,०००.९८ छ । त्यस्तै बैंकको तरलता अनुपात प्रतिसेयर ३७.७९ छ । सीसीडी रेसियो ६८ प्रतिशत रहेको बैंकले जनाएको छ ।

संस्थागत सुशासन र वित्तीय अनुशासन पालनासँगै ग्राहकमुखी सेवा प्रदान गर्दै आएको र कर्मचारीको प्रयासबाट नाफा वृद्धि गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजालले जानकारी दिए । बैंकका सबै आर्थिक सूचकांकहरु आगामी दिनमा अझ सुधार गर्दै बैंकले प्रगतिको ठूलो फड्को मार्ने र सेयर बजारमा सेयर मूल्य राम्रो प्रतिफल दिने प्रतिबद्धता प्रमुख कार्यकारी अधिकृत रिजालले व्यक्त गरे ।

स्थापनाको १६औं वर्षमा प्रवेश गरेको यो बैंकको मुख्य कार्यालय जनकपुरमा छ । धनुषा, महोत्तरी र सिन्धुलीलाई कार्यक्षेत्र बनाएको बैंकले तीन जिल्लाका ११ स्थानमा शाखा विस्तार गरेको छ । बैंकले थप तीन स्थानमा चाँडै नै शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ भने यसै आर्थिक बर्षभित्र १७ शाखा पु¥याउने लक्ष्य लिएको छ ।

५० करोड ९६ लाख ६८ हजार रुपैयाँ चुक्ता सेयर पुँजी रहेको बैंकले हालसम्म ४ अर्ब ४५ करोड ५६ लाख निक्षेप संकलन गरी ३ अर्ब ४५ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको सञ्चित कोषमा २३ करोड ६४ लाख रुपैयाँ छ ।

प्रकाशित समय १९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु