गृहपृष्ठ इन्भेष्टमेन्ट बैंकले तीन महिनामै कमायो एक अर्ब
इन्भेष्टमेन्ट बैंकले तीन महिनामै कमायो एक अर्ब
नेपाल इन्भेष्टमेन्ट बैंकले तीन महिनामै एक अर्बभन्दा बढी खुद नाफा गरेको छ । चालू आर्थिक वर्षको असोजसम्ममा बैंकले एक अर्ब ५ करोड ४६ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत आर्थिक वर्षको यही अवधिमा बैंकले ८९ करोड ४९ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको थियो । यो वृद्धि गत वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशत बढी हो ।
इन्भेष्टमेन्ट बैंकले खुद ब्याज आम्दानी २०.२० प्रतिशतले बढाएर एक अर्ब ५९ करोड ३६ लाख रुपैयाँ पुर्याएको छ । यसैगरी, सञ्चालन नाफा एक अर्ब ५० करोड ६६ लाख ७१ हजार रुपैयाँ छ । हाल इन्भेष्टमेन्ट बैंकको निक्षेप संकलन १ खर्ब ४१ अर्ब २१ करोड रुपैयाँ र कर्जा लगानी एक खर्ब २४ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
बैंको खराब कर्जा भने केही बढेको छ । खराब कर्जा १.०४ प्रतिशतबाट बढेर १.२१ प्रतिशत पुगेको हो । नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रुपैयाँ छ । बैंकले सञ्चित कोषमा उल्लेख्य सुधार गरेको छ । गत वर्ष ८ अर्ब ९७ करोड ६४ लाख रुपैयाँमात्र रहेको सञ्चित कोषमा अहिले १५ अर्ब ६४ करोड १६ लाख रुपैयाँ जम्मा भएको छ । बैंकको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ६९ पैसाबाट बढेर ३९ रुपैयाँ ६३ पैसा पुगेको छ ।
प्रकाशित समय ११:३६ बजे

















