गृहपृष्ठ ग्लोबल आइएमई बैंक र बयोधा अस्पतालबीच सम्झौता
ग्लोबल आइएमई बैंक र बयोधा अस्पतालबीच सम्झौता
ग्लोबल आइएमई बैंक र बयोधा अस्पतालबीच अस्पतालका विभिन्न सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । अस्पतालले गुणस्तरीय उपचारमा सहुलियत दिने गरी दुईपक्षीय सम्झौता भएको हो ।
सम्झौतापत्रमा बयोधा अस्पतालका सञ्चालक उत्तम थापा र ग्लोबल आइएमई बैंकका कार्ड बिक्री, वितरण तथा प्रवर्धन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात बयोधा अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड लिएका ग्राहक तथा बैंकका कर्मचारीले विभिन्न सेवामा ७ प्रतिशतसम्म छुट पाउनेछन् ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई बैंकिङ सेवाका अतिरिक्त अन्य सुविधा प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता योजना ल्याइरहेको जनाएको छ ।
प्रकाशित समय १८:४६ बजे

















