गृहपृष्ठ इन्भेष्टमेन्ट बैंकले ४० प्रतिशत लाभांस वितरण गर्ने

इन्भेष्टमेन्ट बैंकले ४० प्रतिशत लाभांस वितरण गर्ने

nepal-investment-bank-newskarobar

नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीलाई लाभांस वितरण गर्ने भएको छ । बैंक संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट लगानीकर्तालाई १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
राष्ट बैंकले स्वीकृति दिएपछि लाभांस वितरणसम्बन्धी प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारणसले पछि गर्नेछ ।

१० अर्ब ६४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको इन्भेष्टमेन्ट बैंकको बोनस वितरणपछि चुक्तापूँजी १२ अर्ब ५६ करोड रुपैयाँ नाघ्ने छ । गत वर्ष यो बैंकले १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित समय ०९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु