गृहपृष्ठ नेपाल बैंकको सहुलियतपूर्ण कर्जा

नेपाल बैंकको सहुलियतपूर्ण कर्जा

nepal-bank-newskarobar

सरकारी स्वामित्वका बैंकहरूले पनि बजार प्रवर्धन तथा व्यवसाय विस्तारमा जोड दिएका छन् । निजी क्षेत्रका बैंकहरू आक्रामक ब्रान्डिङमा उत्रिएका बेला सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंकलगायतले ग्राहक आकर्षित गर्न नयाँ–नयाँ योजना बजारमा ल्याएका हुन् ।

राष्ट्रिय वाणिज्य बैंकले सस्तो ब्याजदरमा विभिन्न कर्जा योजना सार्वजनिक गरिरहेका बेला नेपाल बैंकले पनि सहुलियतपूर्ण कर्जाहरु बजारमा ल्याएको छ । देशका ६० जिल्लामा फैलिएका १५७ शाखा सञ्जालमार्फत नेपाल बैंकले विभिन्न शीर्षकमा सहुलियतपूर्ण ब्याजदरमा कर्जाहरु बजारमा ल्याएको हो ।

बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम थप गरी सरकारबाट प्राप्त हुने निश्चित प्रतिशत अनुदान घटाएर कायम हुने कर्जाको ब्याजदर बजारमा उपलब्ध अन्य कर्जा र मुद्रास्फीतिको तुलनामा न्यून रहेको जनाएको छ । यसरी उपलब्ध गराइने कर्जा सेवाहरुमा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमशीलता कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, दलित समुदाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्पपीडितलाई निजी आवास निर्माण कर्जा छन् ।

सरकारबाट स्वीकृत कार्यक्रमअनुसार बैंकद्वारा कार्यान्वयनमा ल्याइएका बैंकका सबै शाखा कार्यालयबाट उपलब्ध यी कर्जा सुविधाका लागि लक्षित फर्म/ व्यक्ति र समूहले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

प्रकाशित समय ०८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु