गृहपृष्ठ नेपाल इन्भेष्टमेण्ट बैंकको नाफा ६ महिनामा १.७२ अर्ब

नेपाल इन्भेष्टमेण्ट बैंकको नाफा ६ महिनामा १.७२ अर्ब

nepal-investment-bank-newskarobar

नेपाल इन्भेष्टमेण्ट बैंकले चालू आर्थिक वर्षको पुससम्ममा १ अर्ब ७२ करोड नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा भने ११ करोडले घटेको हो । गत आवको पहिलो ६ महिनामा बैंकको नाफा १ अर्ब ८३ करोड थियो ।

बैंकले पछिल्लो ३ महिनामा निक्षेप संकलन १ अर्ब बढाएको छ । असोज मसान्तमा १ खर्ब ४१ अर्ब निक्षेप संकलन गरेको बैंकले पुस मसान्तमा १ खर्ब ४२ अर्ब पु-याएको हो ।

बैंकले एक अर्ब निक्षेप वृद्धि गर्दा कर्जा प्रवाह भने ३ अर्बले बढाएको छ । असोजमा बैंकको कर्जा प्रवाह १ खर्ब २४ अर्ब रहेकोमा पुस मसान्तमा १ खर्ब २७ अर्ब पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ३५ करोड रुपैयाँ छ ।

प्रकाशित समय ०८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु