गृहपृष्ठ एनसीसी बैंकको प्रगति, नाफामा १३७ प्रतिशत वृद्धि

एनसीसी बैंकको प्रगति, नाफामा १३७ प्रतिशत वृद्धि

NCC_BANK_newskarobar

एनसीसीले बैंकले बजार विस्तारसँगै नाफामा उच्च वृद्धि गरेको छ । बैंकले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा गत वर्षको सोही अवधिको तुलनामा १३७ प्रतिशतले नाफा वृद्धि गरेको हो ।

२०७४ पुससम्ममा २७ करोड नाफा आर्जन गरेको बैंकले २०७५ पुससम्ममा ६४ करोड नाफा कमाएको हो, जुन अघिल्लो समीक्षा अवधिको तुलनामा ३७ करोड अर्थात् १३७ प्रतिशतले बढी हो ।

हालै जारी वित्तीय विवरणअनुसार २०७४ पुससम्ममा ६७ करोड ब्याज आम्दानी गरेको बैंकले यो वर्षको पहिलो ६ महिनामा १ अर्ब ४६ करोड ब्याज आम्दानी गरेको छ । बैंकले कात्तिकदेखि पुससम्मको तीनमहिने अवधिमा ६२ अर्बबाट निक्षेप बढाएर ६४ अर्ब पुर्याएको छ । त्यस्तै, कर्जा प्रवाह पनि ५६ अर्बबाट बढाएर ५८ अर्ब पुर्याएको छ । बैंकले जलविद्युत, कृषिलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गरिरहेको जनाएको छ ।

चुक्ता पुँजी ७ अर्ब १ करोड रहेको बैंकको जगेडा कोषमा ४ अर्ब १७ करोड रुपैंयाँ रहेको छ । बैंकको आधार ब्याजदर १०.८७ प्रतिशत रहँदा पुससम्मको अवधिमा प्रतिसेयर आम्दानी २१.१२ रुपैयाँ कायम छ । बैंकको खराब कर्जा भने धेरै छ । खराब कर्जा ३.५३ प्रतिशत रहेको बैंकको कष्ट अफ फण्ड भने ७.९५ प्रतिशत छ ।

प्रकाशित समय ०९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु