गृहपृष्ठ ललितपुरमा सानिमा लाईफ इन्स्योरेन्स
ललितपुरमा सानिमा लाईफ इन्स्योरेन्स
काठमाडौ । सानिमा लाईफ इन्स्योरेन्सले ललितपुरको लगनखेलमा शाखा विस्तार गरेको छ । सो अवसरमा कम्पनीका संचालक घनश्याम थापा, बद्री बिशाल घिमिरे,सदभावनादुत जीतु नेपाल, स्वस्तिमा खड्का, कम्पनीका नायवमहाप्रबन्धक केशव राज के.सी, मुख्यप्रबन्धक गणेश चौलागाइ, प्रमुखवित्त अधिकृत आर्यक रन्जन बराल, वरिष्ठ प्रबन्धक गुण राज श्रेष्ठ, प्रबन्धक उषा खतिवडा लगायतका उपस्थिती रहेको थियो ।
सानिमा लाईफ कम्पनी ऐन २०६३ तथा बीमा ऐन २०४९ अन्तर्गत स्थापना भएको हो । सानिमा बैङ्क तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपाली द्धारा प्रवद्र्धन गरिएको कम्पनी हो । उनीहरुको जलविद्युत , वित्तिय क्षेत्र , बैकिङ्ग तथा पर्यटन क्षेत्रमा लगानी रहेको छ ।
सानिमा बैंकको लगानी रहेको यस कम्पनीले नेपालीmको जीवन वीमा गराई सामाजिक सुरक्षाप्रर्दान गर्दै , जनतामा वचत गर्ने बानीको विकास गर्नुको साथै उद्योग,व्यवसाय रोजगारीको लागि जीवन वीमाको दायरामा ल्याइ बचत तथा सामाजिक सुरक्षा प्रदान गर्दे आएको छ ।
दूरदराजमा छरिएर रहेको रकमलाई बीमाशुल्कको रुपमा संकलन गरी नियमनकारी निकायको लगानी निर्देशिका बमोजिम अत्याधिक प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गरी प्राप्त रकम देश बिकासको महानकार्यमा लगानीगर्ने यस कम्पनीको मुख्य उद्देश्य रहेको छ ।
प्रकाशित समय ०७:५८ बजे