गृहपृष्ठ सर्लाही र रौतहटमा बंगलादेश बैकको ४ शाख बिस्तार

सर्लाही र रौतहटमा बंगलादेश बैकको ४ शाख बिस्तार

काठमाडौ । नेपाल बङ्गलादेश बैंक लिमिटेडले सर्लाही र रौतहटमा शाखा विस्तार गरेको छ । उक्त शाखा बैकको क्रमश ५९,६०,६१ र ६२औं हुन ।
बैंकले रौतहटको चन्द्रनिगाहपुर र सर्लाहीको ब्रम्हापूरी,कौडेना विष्णु गाविसमा नयाँ शाखाको औपचारिक कारोबार शुभारम्भ गरेको छ । उक्त कार्यक्रमको उद्घाटन, बैंकका संचालक माधव प्रसाद न्यौपानेले गरेका हुन ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाको बारेमा धारणा राखेका थिए । यी शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा,रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।
ब्रम्हापूरी,कौडेना,विष्णु र चन्द्रनिगाहपुर शाखा सहित बैंकले ६२ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५० एटिएम बाट बैंकिङ्ग सुविधा दिंदै आएको पनि बिज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय ०८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु