गृहपृष्ठ स्याङ्जाको मिर्मीमा प्राइम बैंक

स्याङ्जाको मिर्मीमा प्राइम बैंक

 काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको मिर्मीमा नयाँ शाखा शुभारम्भ गरेको छ । यस शाखाको सञ्चालनपछि बैंकको कार्यालय संख्या ६२ पुगेको छ ।
स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेसाकर्मीहरूको उपस्थितिमा आइतबार एक मारोहबीच बैंकका सञ्चालक गजेन्द्र विष्टले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
यसै क्रमलाई निरन्तरता दिँदै बैंकले आगामी दिनमा पनि शाखाको सञ्जाल विस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको बताएको छ ।
साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने पनि विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित समय ०७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु