गृहपृष्ठ संयुक्त लगानी परियोजनामा नेपाल र चीनका व्यवसायीले हस्ताक्षर गर्ने

संयुक्त लगानी परियोजनामा नेपाल र चीनका व्यवसायीले हस्ताक्षर गर्ने

nepal-chin-newskarobar

काठमाडौंमा बिहीबार सुरु हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपाल र चीनका व्यवसायीले गर्ने संयुक्त लगानी परियोजनामा हस्ताक्षर हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका अनुसार चैत १५ गते नेपाल र चीनका लगानीकर्ताबीच संयुक्त लगानी परियोजनामा हस्ताक्षर हुने छ ।

मेलामा चीनबाट ९० वटा, भारतबाट १० वटा, बाङ्गलादेशबाट ४० वटा गरी २ सय २५ स्टल राखिने बताइएको छ । यस वर्षको अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादन, एनटीआइएस उत्पादन रहने छ ।

मेलाकै क्रममा चैत्र १५ गते चीनबाट आएको व्यावसायिक प्रतिनिधिमण्डलसँग महासंघले अन्तरक्रिया, व्यवसायिक वार्ता तथा संयुक्त लगानीका लागि सहमतीपत्रमा हस्ताक्षर कार्यक्रम राखेको छ ।

प्रकाशित समय १३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु