गृहपृष्ठ कोरियाली भाषा परीक्षामा ४७ नक्कली परीक्षार्थी पक्राउ

कोरियाली भाषा परीक्षामा ४७ नक्कली परीक्षार्थी पक्राउ

सार्वजनिक मुद्दा लगाउने तयारी

pakrau-arrest-newskarobar

रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गतको कोरियाली भाषा परीक्षाका क्रममा शनिबार ४७ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिइरहेका केही परीक्षार्थीलाई नियन्त्रणमा लिइएको र नियमविपरीत परीक्षामा सहभागी भएका केही विद्यार्थीलाई निष्कासन गरिएको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले पक्राउ परेकामध्ये नक्कली परीक्षार्थीलाई सार्वजनिक मुद्दा चलाइने जानकारी दिए ।

रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गतको कोरियन भाषा परीक्षा शनिबारबाट सुरु भएको हो । शनिबार ४६ हजार १९६ जनाले परीक्षा दिनुपर्नेमा ४ हजार ३७ जना सहभागी भएनन् । आइतबारसम्म काठमाडौं र पोखरामा चल्ने भाषा परीक्षाका लागि ९२ हजार ३५६ जना परीक्षार्थीले आवेदन दिएका छन् ।

आगामी वर्षका लागि कोरियाले १० हजार ५० नेपाली कामदारको कोटा दिएको छ । परीक्षाको नतिजा असार १३ गते प्रकाशित हुनेछ ।

प्रकाशित समय २०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु