गृहपृष्ठ जापानद्वारा ६३ करोड ९९ लाख अनुदान सहयोग

जापानद्वारा ६३ करोड ९९ लाख अनुदान सहयोग

nepal-japan-help-newskarobar तस्बिर रासस

जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संसाधन विकास परियोजना कार्यान्वयन गर्न नेपाललाई ६३ करोड ९९ लाख अनुदान सहयोग गर्ने भएको छ ।

अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यान्वयन गर्नेसम्बन्धी अर्को सम्झौतापत्रमा जापानी  सहयोग नियोग (जाइका) का प्रमुख प्रतिनिधि युमिको आसाकुमा र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले पनि सोमबार नै हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा राजदूत साइगोले दिगो विकासका लक्ष्य हासिल गर्ने तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ परिकल्पना साकार पार्ने वर्तमान सरकारको उद्देश्य हासिल गर्न सानै भए पनि सहयोग गर्न पाएकोमा जापानले गौरव गरेको बताए ।

अर्थ सचिव खनालले नेपालको सामाजिक–आर्थिक विकासमा जापानको सधैं साथ रहेको बताए ।

प्रकाशित समय १८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु