गृहपृष्ठ पोखराको विजयपुरमा बेलिब्रिज निर्माण अन्तिम चरणमा
पोखराको विजयपुरमा बेलिब्रिज निर्माण अन्तिम चरणमा
पोखराको विजयपुर खोलाको अस्थायी डाइभर्सन पुल पुनः निर्माण गरेको केही घण्टामै पानीको वहावले बगाएपछि विकल्पमा निर्माणाधीन बेलीब्रिज अन्तिम चरणमा पुगेको छ । धेरै मालवाहक गाडीसमेत सञ्चालन नभएको र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसमेत प्रभावित भएपछि बेलिब्रिजले तीव्रत पाएको हो ।
सडक डिभिजन कार्यालय पोखराका सब–इन्जिनियर किरण सुवेदीले दुई–तीन दिनभित्रै पुल सञ्चालनमा आउने जानकारी दिए । डाइभर्सनको विकल्पमा विजयपुर खोलामा हाल निर्माण भइरहेको बेलिब्रिज अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका सञ्चालक उद्धव राईले बताए । उनका अनुसार ढिलोमा बिहीबारदेखि पुल सञ्चालन हुनेछ ।
प्रकाशित समय १८:४५ बजे

















