गृहपृष्ठ १८औं तीज फेस्टिबल सिर्जनशील उद्यमी मेलाको तयारी पूरा
१८औं तीज फेस्टिबल सिर्जनशील उद्यमी मेलाको तयारी पूरा
हिन्दू महिलाको महान चाड तीजको अवसर पारेर महिला सिर्जनशील केन्द्रले साउन र भदौमा ‘एनआईसी एसिया १८औं तीज फेस्टिबल सिर्जनशील उद्यमी मेला २०७६ इन एसोसिएसन विथ सेफ्टी’ आयोजनाको तयारी पूरा भएको छ । नेपालको सबैभन्दा ठूलो तीज मेलाको रुपमा १८ वर्षदेखि सञ्चालन हुँदै आएको तीज फेस्टिबलको १८औं संस्करण नेपालका तीन सहरमा आयोजना हुनेछ ।
‘नारी प्रिजेन्ट्स एनआईसी एसिया १८औं तीज फेस्टिबल सिर्जनशील उद्यमी मेला २०७६ इन एसोसिएसन विथ सेफ्टी’ को तयारीको बारेमा जानकारी दिन मंगलबार आयोजित कार्यक्रममा आयोजक संस्थाले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । सन् २००२ देखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदै आएको तीज फेस्टिवल सिर्जनशील उद्यमी मेला यो वर्षदेखि प्रदेश १ को इटहरी र प्रदेश ३ को हेटौंडामा पनि आयोजना हुँदै छ ।
काठमाडौंमा साउन १६ गतेदेखि २० गतेसम्म आयोजना हुने तीज मेला इटहरीमा साउन ३० देखि ३२ गतेसम्म सञ्चालन हुनेछ । हेटौंडामा भने तीज मेला भदौ ५ गतेदेखि ७ गतेसम्म आयोजना हुनेछ । मेलामा काठमाडौंमा २०० भन्दा बढी कम्पनी र संघ–संस्थाहरुको सहभागिता रहने र १ लाखभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महिला सिर्जना र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले ५ उकृष्ट व्यवसायलाई अवार्डसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रकाशित समय २०:४० बजे

















