गृहपृष्ठ आज फेरि बढ्यो अमेरिकी डलरको भाउ
आज फेरि बढ्यो अमेरिकी डलरको भाउ
काठमाडौं । आज शनिवार नेपाल राष्ट्र बैंकको विनिमयदरअनुसार अमेरिकी डलरसहित धेरै देशको डलरको मूल्य बढेको छ ।
शुक्रबारकाे भन्दा आज अमेरिकी डलरको भाउ हेर्दा एकको खरिददर ११३ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४८ पैसा रहेको छ ।
त्यस्तै युएई दिराम एकको खरिददर ३१ रुपैयाँ रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १७ पैसा रहेको छ । मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७३ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ७५ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर ३ सय ७७ रुपैयाँ ३१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ८६ पैसा र बिक्रिदर १४९ रुपैयाँ ६५ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५१ पैसा रहेको छ ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ ।
बाँकी देशको दररेट तलको तालिकामा हेर्नुहोस् ।

प्रकाशित समय ०९:१२ बजे

















