गृहपृष्ठ आगामी वर्ष झापालाई साढे ६ अर्ब बजेट, कुन स्थानीय तहलाई कति ?

आगामी वर्ष झापालाई साढे ६ अर्ब बजेट, कुन स्थानीय तहलाई कति ?

सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि झापालाई साढे ६ अर्ब बजेट छुट्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा पेस गरेको बजेटअनुसार झापाका आठ नगरपालिका र सात गाउँपालिकालाई ६ अर्ब ५६ करोड ४८ लाख रुपैयाँ विनियोजन भएको हो ।

आगामी आवका लागि विनियोजित बजेट चालू वर्षको भन्दा १ अर्ब ४० करोड ८९ लाख रुपैयाँ बढी हो । चालू आवका लागि सरकारले झापाका १५ स्थानीय तहलाई ५ अर्ब १५ करोड ५९ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

नगरपालिकामा सबैभन्दा बढी मेचीनगर नगरपालिकाले र सबैभन्दा कम कनकाई नगरपालिकाले पाएको छ । त्यस्तै गाउँपालिकामा सबैभन्दा बढी कमल गाउँपालिका र सबैभन्दा कम बाह्रदशी गाउँपालिकाले बजेट पाएको छ ।

कुन स्थानीय तहलाई कति ?

मेचीनगर नगरपालिका ‑ ७० करोड ७७ लाख

दमक नगरपालिका ‑ ६६ करोड २६ लाख

बिर्तामोड नगरपालिका ‑ ६० करोड ४८ लाख

गौरादह नगरपालिका ‑ ४३ करोड ५६ लाख

शिवसताक्षी नगरपालिका ‑ ५२ करोड ३० लाख

भद्रपुर नगरपालिका ‑ ४५ करोड २१ लाख

अर्जुनधारा नगरपालिका ‑ ४३ करोड २९ लाख

कनकाई नगरपालिका ‑ ३३ करोड ७८ लाख

कमल गाउँपालिका ‑ ४६ करोड ४१ लाख

कचनकवल गाउँपालिका ‑ ३७ करोड ५१ लाख

बुद्धशान्ति गाउँपालिका ‑ ३३ करोड ५२ लाख

हल्दिबारी गाउँपालिका ‑ ३१ करोड ६६ लाख

झापा गाउँपालिका ‑ ३१ करोड २४ लाख

गौरीगन्ज गाउँपालिका ‑ ३० करोड ८८ लाख

बाह्रदशी गाउँपालिका ‑ २९ करोड ६१ लाख

प्रकाशित समय १८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु