गृहपृष्ठ मारुती सुजुकीको स्विफ्ट २५ प्रतिशत डाउन पेमेन्टमै

मारुती सुजुकीको स्विफ्ट २५ प्रतिशत डाउन पेमेन्टमै

लकडाउनका कारण ठप्प भएको कारोबार ब्युँताउन व्यवसायीले सवारी साधनमा ग्राहक आकर्षित गर्न बम्बर छुट योजना ल्याएका छन् । नोवेल कोरोनाभाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन असार लागेसँगै खुकुलो पारेपछि व्यवसायीले ग्राहक तान्न आकर्षक योजना ल्याएका हुन् ।

मारुती सुजुकीको आधिकारिक वितरक सिजी मोटोकर्पले लकडाउनका कारण मानिसको आम्दानी घटेको भन्दै २५ प्रतिशत डाउन पेमेन्टमा कार किन्न सक्ने योजना ल्याएको छ । यो अफर मारुती सुजुकीको स्विफ्ट कारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नेपालमा स्विफ्टका दुई भेरियन्ट भिएक्सआई र जेडएक्सआई मोडल उपलब्ध छन् । भिएक्सआईको बजारमूल्य २९ लाख ९९ हजार छ भने जेडएक्सआईको बजारमूल्य ३२ लाख ९९ हजार रुपैयाँ छ । यी कारमा पनि कम्पनील् १ लाख रूपैया नगद छुट दिएको छ ।

प्रकाशित समय १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु