गृहपृष्ठ मोटरसाइकल किन्दा परिवारकै कोरोना बिमा सित्तैमा

मोटरसाइकल किन्दा परिवारकै कोरोना बिमा सित्तैमा

बेनेलीको नेपालका लागि आधिकारिक सोरुम युनिटी ट्रेडिङले लकडाउन लक्षित विशेष अफर ल्याएको छ । कम्पनीले मोडलअनुसार छुट्टाछुट्टै अफर सार्वजनिक गरी ग्राहक आकर्षित गर्न खोजेको हो ।

योजनामा कम्पनीले बेनेलीको सेफ्टी गियर, नगद छुट तथा ग्राहकको परिवारको कोरोना बिमासमेत गर्ने योजना ल्याएको छ । बेनेली लियन्सिनो २५० खरिद गर्दा ग्राहकले बेनेलीको ज्याकेट, एक वर्षको रोड ट्याक्स, तीन हजार रूपैयाँबराबरको हेल्मेट, बाइक कभर, रेनकोट जस्ता सुविधा पाउनेछन् । त्यससँगै मोटरसाइकल खरिदकर्ताको परिवारको कोराना बिमा कम्पनीले गरिदिनेछ । यसमा एक्सचेन्ज र फाइनान्स सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यस्तै टिएनटी १५ र टिएनटी १५० आई खरिद गर्ने ग्राहकले दुबै मोडलमा नगद ८ हजार रुपैयाँ छुट पाउनेछन् । यो मोटरसाइकल खरिद गर्दा एक वर्षको रोड ट्याक्स, तीन हजारबराबरको हेल्मेट, बाइक कभर, रेनकोट जस्ता सुविधा प्राप्त हुनेछ । यो मोटरसाइकल किन्ने ग्राहकको परिवारको पनि कोराना बिमा कम्पनीले गरिदिने जनाएको छ । यसमा एक्सचेन्ज र शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा दिइएको छ ।

मिनी मोटरसाइकल टिएनटी १३५ मा ग्राहकले नगद ३५ हजार रुपैयाँ छुट पाउनेछन् । यसमा पनि एक वर्षको रोड ट्याक्स, तीन हजारबराबरको हेल्मेट, बाइक कभर, रेनकोटलगायतका सुविधा र खरिदकर्ताको परिवारको कोराना बिमा प्राप्त हुनेछ । सबै बाइकमा नौ वटा फ्रि सर्भिस कुपन र एक्सचेन्ज सुविधा दिइने कम्पनीले जनाएको छ ।

प्रकाशित समय १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु