गृहपृष्ठ बिएमडब्लूका मोटरसाइकलमा ६५ हजारबराबर छुट अफर
बिएमडब्लूका मोटरसाइकलमा ६५ हजारबराबर छुट अफर
बिएमडब्लू मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक टर्क मोटर्सले ६५ हजार रुपैयाँबराबरको छुट अफर सार्वजनिक गरेको छ । लकडाउनका कारण आम्दानी गुमाएका सर्वसाधारणलाई लक्षित गरी बिएमडब्लूले छुट सुविधा सार्वजनिक गरेको हो ।
बिएमडब्लू मोटरसाइकल किन्न चाहनेले सजिलै फाइनान्स र एक्सचेन्जको सुविधासमेत पाउने कम्पनीले जनाएको छ । मोटरसाइकल किन्दा बिएमडब्लूको एड्भान्स प्याकेजमा ज्याकेट, ट्राउजर, ग्लोब्स र विभिन्न एसोसरिज अफर गरिएको छ । यी ग्याजेट्सको मूल्य करिब ६५ हजार रुपैयाँ हुने कम्पनीको भनाइ छ ।
यसबाहेक कम्पनीले हेल्मेट र तीन वर्षसम्मको बिमा सुविधा पनि उपलब्ध गराउने छ । यो अफर पनि ६५ हजार रुपैयाँ बराबरकै हुने कम्पनीको भनाइ छ ।
प्रकाशित समय ११:३९ बजे

















