गृहपृष्ठ सुनको मूल्य तेस्रो दिन पनि घट्यो
सुनको मूल्य तेस्रो दिन पनि घट्यो
अप्रत्यासित रूपले वृद्धि भई प्रतितोला एक लाख रूपैयाँ नाघेको सुनको मूल्य केही दिनयता भने ओरालो झर्ने क्रममा छ । लगातार तेस्रो दिन सुनको मूल्य घटेको छ ।
मंगलबार पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ । छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले गिरावट आएर एक लाख एक हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएकाे छ । सोमबार छापावाला सुनको मूल्य तोलामा एक लाख दुई हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य पनि तोलामा ८ सय रुपैयाँले घटेर एक लाख एक हजार एक सय रुपैयाँमा कायम भएकाे छ । तेजाबी सुनको मूल्य सोमबार प्रतितोला एक लाख एक हजार नौ सय रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित समय १३:०४ बजे

















