गृहपृष्ठ मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विभिन्न व्यवसायिक संस्थाका सेवाहरुमा छुटै-छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विभिन्न व्यवसायिक संस्थाका सेवाहरुमा छुटै-छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि विभिन्न व्यवसायिक संस्थाहरुसँग विशेष छुट प्रदान गर्नेगरी सम्झौता गरेको छ ।

बैंकले विभिन्न प्रतिष्ठित व्यवसायिक संस्थाहरुसँग सहकार्य गरेको छ । जसअन्तर्गत, ल्भ्एःभ्म्क् इलष्लिभ NEPMEDS Online Pharmacy, Easy Care Online Pharmacy, Alma Artes (Watch Company ), बाजेको सेकुवा रहेका छन् । यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक तथा मोवाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरूले उल्लेखित कम्पनीहरुबाट सेवा सुविधा लिदा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

बैंकले Balance Certificate, Cheque Book, Good For Payment Cheque जारी शुल्क र अन्तरशाखा बैंकिङ कारोबार सेवा निःशुल्क गरेकोे छ । साथै बैंकको ग्राहकले VISA Network अन्तर्गत जुनसुकै बैंकको ATM बाट विनाशुल्क रकम झिक्न सकिने बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।

प्रकाशित समय १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु