गृहपृष्ठ सुनको मूल्यमा ऐतिहासिक गिरावट, एकैदिन ६ हजार २ सय रुपैयाँ घट्यो
सुनको मूल्यमा ऐतिहासिक गिरावट, एकैदिन ६ हजार २ सय रुपैयाँ घट्यो
नेपाली बजारमा सुनको मूल्यमा एकैदिन अहिलेसम्मकै उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ६ हजार दुई सय रुपैयाँ घटेको हो ।
मंगलबार प्रतितोला एक लाख एक हजार ६ सय रहेको सुनको मूल्य बुधबार प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । तेजाबी सुनको मूल्य तोलामा ९४ हजार ९ सय कायम भएको छ । मंगलबार तेजाबी सुनकाे मूल्य ताेलाकाे एक लाख एक हजार एक सय रुपैयाँ थियाे ।
महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्यमा एकैदिन यतिका गिरावट आएको यो पहिलोपटक हो । कोरोना महामारीपछि लगातार उकालो लागेको सुनको मूल्य गत चार दिनयता भने निरन्तर घटिरहेको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय १० रुपैयाँ तोला कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित समय १२:३० बजे

















