गृहपृष्ठ समाज लघुवित्तको आइपीओ भदौ ४ गतेदेखि निष्कासन
समाज लघुवित्तको आइपीओ भदौ ४ गतेदेखि निष्कासन
समाज लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण सेयर भदौ ४ गतेदेखि निष्कासन हुने भएको छ । लघुवित्तले ८६ लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्न लागेको हो। लघुवित्तले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा सिद्धार्थ क्यापिटललाई दिएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८६ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यसमध्ये १ हजार कित्ता अर्थात् जारी पुँजीको ५ प्रतिशत कर्मचारीका लागि र कुल निष्कासनको ५ प्रतिशत अर्थात् ४ हजार ३०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा भदौ ८ गते हुनेछ भने ढिलोमा भदौ १८ गते हुनेछ ।
प्रकाशित समय १२:३३ बजे

















