गृहपृष्ठ पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो
पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य एक/एक रुपैयाँ वृद्धि गरेको हो ।
अब प्रतिलिटर पेट्रोलको १०५ तथा डिजल र मट्टितेलको ९१ रुपैयाँ मूल्य कायम भएको छ । हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिए ।
अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट बढेको मूल्यसूची प्राप्त भएपछि इन्धनको मूल्य बढाउन निगम बाध्य भएको प्रवक्ता उपाध्यायले बताए । निगमले प्रत्येक १५/१५ दिनमा स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्दै आएको छ ।
प्रकाशित समय १९:५१ बजे