गृहपृष्ठ भीमसेनगोलाबाट २२ बोरा मरेको कुखुरा बरामद, मिटमार्टलाई ३ लाख जरिवाना
भीमसेनगोलाबाट २२ बोरा मरेको कुखुरा बरामद, मिटमार्टलाई ३ लाख जरिवाना

काठमाडौंको भीमसेनगोलामा रहेको बी एन्ड बी मिटसपबाट बिक्रीका लागि राखिएको २२ बोरा मेरका कुखुरा बरामद गरी नष्ट गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गुणस्तरहीन मासु बिक्रीको आरोपमा मिट मार्टलाई तीन लाख रुपैयाँ जरिवानासमेत गरेको छ ।
विशेष सुराकीको आधारमा बानेश्वर प्रहरीले बरामद गरेको मासु सोमबार वाणिज्य विभागले पशु चिकित्सकसमेतको रोहबरमा निरीक्षण गरेको थियो । मरेका कुखुरालाई ताजा मासुको रुपमा बिक्री गर्न लागेको पाइएपछि जरिवाना गरेर नष्ट गरिएको विभागले जनाएको छ ।
प्रहरीले मंगलबार कुखुरा नष्ट गरेको छ । मिट मार्टविरुद्ध कालोबजारी ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप कारबाही अघि बढाउने भएको छ ।
प्रकाशित समय १६:३० बजे