गृहपृष्ठ कोरोनाका कारण विश्वभर ७ ट्रिलियन अमेरिकी डलरको क्षति

कोरोनाका कारण विश्वभर ७ ट्रिलियन अमेरिकी डलरको क्षति

Covid Impact_NewsKarobar

अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपेन्ट (ओईसीडी)ले सन् २०२० मा कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण विश्व अर्थतन्त्रले ७ ट्रिलियन अमेरिकी डलरबराबरको क्षति बेहोर्नु पर्ने बताएको छ ।

ओईसीडीले बुधबार सार्वजनिक गरेको ‘अन्तरिम आर्थिक मूल्यांकन’ प्रतिवेदनमा सन् २०२० मा विश्वव्यापी आर्थिक वृद्धिदर ४.५ प्रतिशतले खुम्चने जनाएको छ, गत जुनमा ओईसीडीले एकल असरका अवस्था (सिंगल हिट) मा यस वर्ष १.५ प्रतिशतको सकारात्मक वृद्धिदर हासिल हुने बताएको थियो ।

कोभिड-१९ महामारीले विश्वव्यापी अर्थव्यवस्था र समाजमा अत्याधिक प्रभाव पारेक कारण आर्थिक परिदृष्य अनिश्चित बन्दै गएको भन्दै सन् २०१९ को दोस्रो त्रैमासिकका तुलनामा सन् २०२० को समान अवधिमा विश्वव्यापी विश्वव्यापी उत्पादन १० प्रतिशतले कम भएको ओइसीडीले उल्लेख गरेको छ ।

ओईसीडीकी प्रमुख अर्थशास्त्री लरेन्स बुनले गत वर्षका समान अवधिका तुलनामा हेर्दा ७ ट्रिलियन अमेरिकी डलरको क्षति हुने बताइन । यो फ्रान्स र जर्मनीको एकीकृत वार्षिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी)बराबर भएको अर्थशास्त्री बुनको भनाइ थियो ।

‘यदि भाइरस छिट्टै नियन्त्रण भयो, भ्याक्सिन बन्यो र सबै गतिविधि बहाल भए  विश्व अर्थतन्त्रको क्षति ४ ट्रिलियन डलरबराबर हुनेछ भने अझ अझ बढी फैलियो, हामीले सोचेभन्दा कम नियन्त्रण हुनसक्यो, हिँडडुलमा अझ नियन्त्रण भयो भने यो क्षति ११ ट्रिलियन डलर बराबर हुनेछ,’ ओईसीडीद्वारा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले भनिन ।

ओईसीडीका अनुसार चीनबाहेक विश्वका प्रायःसबै प्रमुख अर्थव्यवस्थाका आर्थिक वृद्धिदर सन् २०२० मा खुम्चने छ । विकसित मुलुकहरूको समूह जी२० को आर्थिक वृद्धिदर ४.१ प्रतिशतले खुम्चने, युरोपेली युनियन क्षेत्रको ७.९ प्रतिशतले, अमेरिकाको १०.१ प्रतिशतले, जापानको वृद्धिदर ५.८ प्रतिशतले र भारतको १०.२ प्रतिशले आर्थिक वृद्धिदर खुम्चिँदा चीनको वृद्धिदर भने १.८ प्रतिशतले सकारात्मक रहने प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित समय १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु