गृहपृष्ठ ओपो ईन्नो डे २०२० चीनको सन्चनमा हुने

ओपो ईन्नो डे २०२० चीनको सन्चनमा हुने

ओपोले आफ्नो वार्षिक ओपो इन्नो डे यही नोभेम्बर महिनाको २७ तारिकका दिन चीनको शन्चनमा ‘लिप इन्टु द फ्यूचर’ अवधारणाका साथमा आयोजना गर्ने घोषणा गरेको छ । कार्यक्रमले इन्टरनेट अफ एक्स्पेरियन्सको यो युगमा ओपोका अग्रगामी सोच र सफलताहरु प्रस्तुत गर्ने जानकारी दिइएको छ ।

ओपोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनीचनका साथै ओपोका उपाध्यक्ष तथा ओपो रिचर्स ईन्स्टिच्युटका प्रमुख लेभिन ल्युले समेत कार्यक्रममा किनोट प्रस्तुति दिने छन् । किनोटमार्फत् दुवैले नयाँ युगका लागि कम्पनीका प्राविधिक भिजन र बिजनेश फिलोसोफीबारे जानकारी दिँदै तीन नयाँ अवधारणा उत्पादन (कन्सेप्ट प्रडक्ट्स)पनि सार्वजनिक गर्नेछन् ।

सन् २०१९मा पहिलो पटक आयोजित ओपो ईन्नो डे कम्पनीका लागि आफ्ना प्रमुख प्राविधिक अन्तरदृष्टि प्रस्तुत गर्नुका साथै, भविष्यका प्राविधिक सम्भावना अन्वेषणका लागिसमेत एक प्रमुख कार्यक्रमका रुपमा रहँदै आएको छ । पछिल्लो वर्ष ओपोले ईन्टेलिजेन्ट कनेक्टिभिटीको अवधारणा अघि सारेको थियो । यस वर्ष सो अवधारणालाई परिस्कृत गर्दै ईन्टरनेट अफ एक्स्पेरियन्सका रुपमा प्रस्तुत गर्ने ओपोको उद्देश्य रहेको छ ।

ईन्टेलिजेन्ट कनेक्टिभिटी जगमात्र भएको र साधारण जडानभन्दा बृहत्त वस्तुहरुको अभिशरण (कम्भर्जेन्स अफथिंग्स) अर्थात्, ईन्टरनेट अफ एक्स्पेरियन्स भविष्य हुन ओपोको विश्वास छ ।
स्मार्ट वाट्च, फाइभजी सीपीई र एआर ग्लासेजलगायत विभिन्न ग्याजेटहरुको प्रदर्शनी फ्ल्यास चार्जिङ, फाइभजी, ईमेजिङ र सफ्टवेयर अनुकुलनलगायत क्षेत्रमा रोमाञ्चकन प्रवर्द्धनात्मक सफलताका साथ प्रदर्शनीमा आइसकेका छन् । यस वर्ष थप नवप्रवर्तनात्मक प्रविधिहरु प्रदर्शित गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रदर्शित हुने तयारीमा रहेका रोमाञ्चक नवप्रवर्तनहरु नजिकबाट नियाल्नका लागि तथा ब्राण्डका साथमा भविष्यतिर अग्रसर हुनका लागि ओपोसँग नोभेम्बर १७ मा जोडिन सक्नेछन् । ओपो ईन्नो डे २०२० बारे थप जानकारीका लागि तल दिइएको लिंकको प्रयोग गर्न सक्नेछन् ।https://events.oppo.com/en/innoday2020/.

 

प्रकाशित समय १०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु