गृहपृष्ठ नेपाल टेलिकमको अटम अफरअन्तर्गत प्रतिदिन एक जीबी डाटा प्रयोग गर्न सकिने

नेपाल टेलिकमको अटम अफरअन्तर्गत प्रतिदिन एक जीबी डाटा प्रयोग गर्न सकिने

नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको प्रतिदिन एक जिबी डाटा प्याकलाई थप सुविधासहित केही परिमार्जन गरेको छ । परिमार्जित अफर शुक्रबार राति १२ बजेपछि लागू हुने नेपाल टेलिकमले जनाएको छ ।

अहिले उपलब्ध भइरहेको प्रतिदिन एक जिबी डाटा प्याकअन्तर्गत प्रतिदिन एक जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि २५० रुपैयाँमा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि ८५० रुपैयाँमा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुनेगरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक ल्याइएको हो ।

सो अनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याकअन्तर्गत २५० रुपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन एक जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिने नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताए । यसैगरी ८५० रुपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन एक जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिने उनले बताए ।

प्रकाशित समय १६:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु