गृहपृष्ठ ओपोद्वारा ‘ओ-फ्यान्स फेस्टिवल’को घोषणा
ओपोद्वारा ‘ओ-फ्यान्स फेस्टिवल’को घोषणा
विश्वमै अग्रणी प्राविधिक ब्राण्डका रुपमा परिचित ओपोले ‘ओ(फ्यान्स फेस्टिवल’ एसएमएस क्याम्पेनको घोषणा गरेको छ । सुरुवाती दिनदेखि नै ब्राण्डप्रति आफ्ना उपभोक्ताले देखाएको प्रगाढ प्रेम र अतुलनीय समर्थनका लागि कृतज्ञता व्यक्त गर्ने सोचका साथ कम्पनीले ‘ओ(फ्यान्स फेस्टिवल’ एसएमएस क्याम्पेनको घोषणा गरेको हो ।
डिसेम्बर १ देखि प्रारम्भ गरिएको सो एसएमएस उपहार योजनामा सहभागिता जनाई उपभोक्ताले ओपोका हरेक उपकरणको खरिदमा आकर्षक उपहारहरु जित्ने अवसर पाउनेछन् । ‘ओ-फ्यान्स फेस्टिवल’क्याम्पेन २०२१ जनवरी १०, सम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।
‘ग्लोबल कम्पनीका रुपमा ओपोले सधैं नै स्थानीयकरणमा विश्वास गर्दै आइरहेको छ । नेपाल हाम्रा लागि विशेष प्राथमिकताबोकेको बजार हो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी छ । नेपालमा सुरुवाती दिनदेखि नै ब्राण्डप्रति उपभोक्ताले देखाएको प्रगाढ प्रेम र अतुलनीय समर्थनका लागि कृतज्ञता व्यक्त गर्ने सोचका साथ हामीले ‘ओ(फ्यान्स फेस्टिबल’ एसएमएस उपहार योजनाको घोषणा गरेका हौं,’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।
क्याम्पेन अवधिभर कुनै पनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् । सहभागिताका लागि उपभोक्ताले, फोनका लागि : ओफ्यान्स ‘Ofans’≤स्पेस≥ आईएमईआई र आईओटी उपकरणका लागि : ओफ्यान्स ‘Ofans’≤स्पेस≥ सीएमईआई वा डीसी कोड उल्लेख गरी ३७००१ नम्बरमा एसएमएस पठाउनुपर्ने हुन्छ । यसरी प्राप्त एसएमएसमार्फत हरेक चरणमा १ जना भाग्यशाली विजेताको छनोट गरिनेछ । भाग्यशाली विजेताले ओपोका तर्फबाट आकर्षक उपहार जित्नेछन् ।
विजेताहरुको घोषणा हरेक हप्ताको अन्त्यमा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरु मार्फत गरिनेछ । क्याम्पेन अवधीभर, लक्की ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतःअर्को लक्कि ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ । तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्की ड्रसम्म जित हातपार्ने अवसर प्राप्त गर्नेछन् । डिसेम्बर १ देखि सञ्चालनमा ल्याइएको यस उपहार योजना डिसेम्बर १० जनवरी, २०२१ सम्म चल्ने कम्पनीले जनाएको छ ।
प्रकाशित समय ०९:३७ बजे

















