गृहपृष्ठ सुनको मूल्य स्थिर
सुनको मूल्य स्थिर
दुई दिनमा १ हजार ६ सय रुपैयाँ घटेको सुनको मूल्य शुक्रबार भने स्थिर भएको छ । आज छापावाल सुन बिहीबारकै मूल्य अर्थात् प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेकोे छ । बुधबार ७ सय रुपैयाँले ओरोलो लागेको सुन बिहीबार ९ सय रुपैयाँले घटेको थियो ।
आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित समय ११:०७ बजे

















