गृहपृष्ठ लिखु खोला हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

लिखु खोला हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

लिखु खोला हाइड्रोपावर कम्पनीको जारी पुँजी तीन अर्ब १२ करोड ५० लाख पुँजीमध्ये २० प्रतिशतले हुन आउने सर्वसाधारण नागरिक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्टाएको जम्मा ६२ लाख ५० हजार कित्ता शेयरप्रति कित्ता १०० रुपैयाँ अंकित दरले सेयरको मूल्य ६२ करोड ५० लाखको सेयर प्रत्याभूति व्यवस्थापनको कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरेको छ ।

सेयर प्रत्याभूति कार्य गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र ग्रीन भ्रेन्चको तर्फबाट अनिल अग्रवालले मंगलबार सम्झौता–पत्रमा हस्ताक्षर गरे । रामेछाप र ओखलढुंगा जिल्लाको सिमानाको रुपमा रहेको लिखु खोलाबाट ५२.४ मेगावाट विद्युत उत्पादन गर्ने उक्त आयोजनाको निर्माण कार्य ८५ प्रतिशत समाप्त भैसकेको कम्पनीले जानकारी गराएको छ ।

 

प्रकाशित समय २०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु