गृहपृष्ठ अत्यधिक जाडो बढेपछि एलजीका एसीको माग बढ्यो

अत्यधिक जाडो बढेपछि एलजीका एसीको माग बढ्यो

जाडो बढेसँगै एलजी ब्रान्डका एसीको माग बजारमा बढेको छ । एलजी ब्रान्डका एसीमा डुएल इन्भर्टर जडान गरिएका छन् । एसीमा थ्रीएम प्रोटेक्सन फिल्टर छ, जसले अनावश्यक प्रदूषकहरु फिल्टर गर्ने कम्पनीले जनाएको छ ।

फिल्टरले हावामा रहेको धुलो कणहरु, हावामा रहेको एलर्जी हटाउँछ र वातावरणलाई स्वस्थ्य पार्ने कम्पनीको दाबी छ । एलजीको एसीमा वातावरणमैत्री आर३२ ग्यास छ, जसले कुशलतापूर्वक न्यानो प्रदान गर्ने र बिजुली खपत पनि कम गर्ने कम्पनीले जनाएको छ ।

एलजी एसीले ७०५ सम्म बिजुली बचत गर्छ । साथै, छिटो तातो र मौसमअनुसार छिटो चिसो पार्ने क्षमता छ । यो एसीमा १० वर्षको वारेन्टी छ । एलजीको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गत सीजी इम्पेक्स प्रालि हो ।

प्रकाशित समय १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु