गृहपृष्ठ सुनचाँदी व्यवसायी महासंघमा शाक्य निर्वाचित

सुनचाँदी व्यवसायी महासंघमा शाक्य निर्वाचित

नेपाल सुनचाँदी व्यवसायी महासंघको नेतृत्वमा माणिकरत्न शाक्य निर्वाचित भएका छन् । महासंघको आठौँ वार्षिक साधारणसभा एवं तेस्रो महाअधिवेशनबाट शाक्य अध्यक्षमा निर्वाचित भएका हुन् ।

साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । उपाध्यक्षहरुमा क्रमशः मोहनकाजी शाक्य, दियेशरत्न शाक्य र विपिन रामुदामु निर्वाचित भए । एसोसिएटस उपाध्यक्षमा पवन सोमानी, महासचिवमा धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवद्वयमा किरणभाइ बज्राचार्य र बाबुराम विश्वकर्मा निर्वाचित भए भने प्रवक्तामा मनोजकुमार शाह तथा सहकोषध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएका छन् ।

साधारण सभाको शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले उद्घाटन गरेका थिए । नेपाल सुनचाँदी व्यवसायी महासंघ २०६९ साल फागुन २० गते स्थापना भएको नेपालभरिका सुनचाँदी व्यवसायीको छाता संगठन हो ।

मुलुकको संघीय संरचनाअनुरुप सातैवटा प्रदेशमा प्रदेश महासंघका अतिरिक्त देशभरका ६५ वटा जिल्ला/नगर संघ र एसोसिएट सदस्य तथा वस्तुगत संघहरु महासंघमा आबद्ध छन् ।

प्रकाशित समय ०७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु