गृहपृष्ठ नेपाल उद्योग वाणिज्य महासंघ रोजगारदाता परिषद गठन
नेपाल उद्योग वाणिज्य महासंघ रोजगारदाता परिषद गठन
नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघाईको अध्यक्षतामा महासंघको रोजगारदाता परिषद गठन भएको छ । परिषदको उपसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य प्रवलजंग पाण्डे चुनिएका छन् ।
परिषद्का सदस्यहरूमा एसोसिएट समूहबाट महासंघको कार्यकारिणी समिति सदस्य कृष्णलाल महर्जन, महासंघको पूर्वकार्यकारिणी समिति सदस्यहरु ई. विनोद ढकाल, विराट थापा, नेपाल जुट उद्योग संघका राजकुमार गोल्छा र प्रतिनिधि डाबर नेपाल चयन भएका छन् ।
त्यसैगरी वस्तुगत संघ समूहबाट परिषदका सदस्यमा महासंघको कार्यकारिणी समिति सदस्य अरनिको राजभण्डारी, नेपाल तयारी पोसाक संघका इमानसिंह लामा, जिल्ला नगर समूहबाट सदस्यहरूमा उद्योग संगठन मोरङका राकेश सुराना, प्रतिनिधि वीरगन्ज उवासंघ, प्रतिनिधि सिद्धार्थनगर उवासंघ छन् भने प्रदेश समूहबाट प्रदेश १ बाट महासंघको कार्यकारिणी समिति सदस्य राजेन्द्र राउत, वागमती प्रदेशबाट महासंघको कार्यकारिणी समिति सदस्य दिलसुन्दर श्रेष्ठ, गण्डकी प्रदेशबाट लक्ष्मीप्रसाद त्रिपाठी, लुम्बिनी प्रदेशबाट दीपक पौडेल चुनिएका छन् ।
अन्य क्षेत्र र वर्गमध्येबाट परिषद्को सदस्यमा विनय उपाध्याय, शाजन शाक्य, शोभा ज्ञवाली र बाबुकाजी कार्की छानिएका छन् । परिषदको आमन्त्रित सदस्यहरूमा नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघका ई. आङदोर्जी लामा (एडी), एनसेल नेपालका रमेश घिमिरे र नेपाल श्रमिक आपूर्तिकर्ता संघका रामेश्वर शाह छन् ।
परिषदले मूलतः असल श्रम सम्बन्धको प्रवर्धन गर्ने, अन्तर्राष्ट्रिय श्रम संगठनसम्बन्धी, अन्तर्राष्ट्रिय क्षेत्रीय विदेशी रोजगारदाताहरुको संघसंस्थासँग आवश्यक सम्बन्ध स्थापित गर्ने र त्यससँग सम्बन्धित काम गर्ने, श्रम समस्या निराकरण गर्न प्रयत्न गर्ने र त्यस्ता समस्याको समाधानका लागि सरकारलाई सुझाव दिनेलगायतका काम गर्छ ।
प्रकाशित समय १०:४४ बजे

















