गृहपृष्ठ उपभोक्ता ठग्ने १४ व्यवसायीलाई कारबाही, ९५ हजार जरिवाना

उपभोक्ता ठग्ने १४ व्यवसायीलाई कारबाही, ९५ हजार जरिवाना

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक बजार अनुगमन गर्ने क्रममा मंगलबार उपभोक्ता ठग्ने १४ व्यवसायीहरुलाई कारबाही गरेको छ । त्यसैगरी १० वटालाई जरिवाना तिराएको छ ।

विभागको कारबाहीमा पर्ने व्यवसायीहरुमा काठमाडौंका हरेराम भण्डार, न्यू विष्ट कस्मेटिक्स एण्ड ब्यूटी पार्लर, फेमिली खाद्य स्टोर प्रालि, युनिक मसला उद्योग, होम डेकोर, मोङमा ट्रेड कुङमा स्टोर्स, खम्बु किराना स्टोर, आई के एस स्टोर र फेसन फर्निसिङ प्रालि रहेका छन् । त्यस्तै ललितपुरका मेघा मार्ट प्रालि, लाफा किराना पसल, लाफा स्टोर, खुमल मदिरा स्टोर र दर्शन तरकारी तथा मसला पसल विभागको कारबाहीमा परेका हुन् ।

कारबाहीमा परेका १४ वटा व्यवसायीहरुमध्ये विभागले १० वटालाई ९५ हजार रुपैयाँ जरिवाना गरेको छ । हरेराम भण्डारलाई २० हजार, न्यू विष्ट कस्मेटिक्स एण्ड ब्यूटी पार्लरलाई १५ हजार, फेमिली खाद्य स्टोर प्रालिलाई २० हजार, युनिक मसला उद्योगलाई ५ हजार, होम डेकोरलाई ५ हजार, मोङमा ट्रेड कुङमा स्टोसलाई ५ हजार, खम्बु किराना स्टोरलाई ५ हजार, आई के एस स्टोरलाई १० हजार रुपैयाँ विभागले जरिवाना गरेको हो ।

त्यसैगरी लाफा किराना पसललाई ५ हजार र दर्शन तरकारी तथा मसला पसललाई ५ हजार जरिवाना गरेको विभागले जनाएको छ । व्यवसायीलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कसुरबमोजिम विभागले कारबाही गरेको हो । फेसन फर्निसिङ प्रालि, मेघा मार्ट प्रालि, लाफा स्टोर र खुमल मदिरा स्टोरलाई भने विभागले उपभोक्ता संरक्षण ऐनअनुसार व्यवसाय गर्न निर्देशन दिएको छ । विभागले खाना आयोग्य वा म्याद सकिएको १० हजार ८६४ रुपैयाँबराबरको सामान तत्कालै नष्ट गरेको थियो ।

प्रकाशित समय १७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु