गृहपृष्ठ महासंघको पर्यटन तथा हवाई उडड्यन समिति गठन
महासंघको पर्यटन तथा हवाई उडड्यन समिति गठन
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य ज्योत्सना श्रेष्ठकोे सभापतित्वमा गठित पर्यटन तथा हवाई उड्डयन समिति विस्तार भएको छ । समितिका सह–सभापतिमा नाटाका अध्यक्ष अच्युत गुरागाईं, नेपाल टुरिजम वोर्डकी निर्देशक नन्दिनी लाहे थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदी चुनिएका छन् ।
समितिका सदस्यहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य पुष्पराज कुँवर, नेपाल वायुसेवा निगमका निर्देशक जनकराज कालाखेती, आइएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत रुद्रप्रसाद सापकोटा (बिनोद) र्याडीसन होटलका महाप्रवन्धक अनिलदास श्रेष्ठ र पाटाका अध्यक्ष विभूतिचन्द ठाकुर छन् । समितिका सल्लाहकारहरुमा डोल्मा कन्सल्टेन्सीका हेड अफ प्राक्टिस टुरिजम उपल मजुमदार (Mr. Upaul Majumdar, Head of Practise Tourism Dolma Consultancy) र महासंघको कार्यकारिणी समितिका पूर्व सदस्य रामशरण थपलिया छन् ।
त्यसैगरी समितिमा आमन्त्रित सदस्यहरुमा मेरियट होटलका निर्देशक गौरव अग्रवाल, कतार एयर लाइन्सका देशीय निर्देशक मोहमद इमाम (Mr. Mohamda Emam, Country Manager Qatar Airlines), यति एयरलाइन्सका प्रमुख कार्यकारि अधिकृत अनोज रिमाल, डोल्पा उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य जितेन्द्र झांक्री, होटल स्नेहाका महाप्रवन्धक देवांश राणा, होटल व्यवसायी महासंघका निवर्तमान अध्यक्ष अम्रित भुजेल, ललितपुर उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य अपुलाल अवाले, वुद्ध रिजेन्सी प्रा.लि.का प्रवन्ध निर्देशक नरेन्द्र गुप्ता, अर्जुन ज्वेलरीका मोहन शाह, जुम्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुरीचन्द्र देवकोटा, होटल मेची क्राउनका साम्राज्यमान श्रेष्ठ, होटल एसोसिएसन नेपालका प्रथम उपाध्यक्ष विनायक शाह, अलफ्ट ठमेलका निर्देशक निश्चल प्रधान, कुरियर सर्भिस एसोसिएनका उपाध्यक्ष दूर्गा प्रसाद सुवेदी र होटल इस्टर्नका भवेश श्रेष्ठ छन् ।
समिति विस्तार कार्यक्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘यदि हामीसँग रहेको पर्यटन सम्भाव्यताको सही अर्थमा बजारीकरण गर्न सक्यौ भने हामीले निकै धेरै लाभ उठाउन सक्छौं ।’ हामीले प्रारम्भदेखि नै गुणस्तरीय पर्यटक भित्रयाउने भन्दा पनि संख्यात्मक रुपमा धेरै पर्यटक भित्रयाउन ध्यान दिँदा यसबाट लाभ उठाउन नसकेको बताउँदै उनले अबको ध्यान सशक्त बजारीकरणका साथ गुणस्तरीय पर्यटक भित्रयाउनेतर्फ हुनुपर्ने र यसमा महासंघको पर्यटन तथा हवाई उड्डयन समितिले विशेष भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए । नेपालमा अथाह सम्भाव्यता छ, हाम्रा प्रोडक्टहरू पनि पर्याप्त छन् तर हामी त्रिकोणीय क्षेत्र (पोखरा–काठमाडौं–चितवन) भित्रै हरायौं अब हामीले नयाँ नयाँ गन्तव्यहरुलाई उजार गर्नुपर्छ, प्रचार प्रसार गर्नुपर्छ अनिमात्र लाभ उठाउन सक्छौं र त्यसमा समितिले अर्थपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरेको उनले बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडले धरासायी भएको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन समितिबाट महत्वपूर्ण पहल हुने भन्दै त्यसमा आफूबाट पूर्ण सहयोग रहने विश्वास दिलाए भने महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न महासंघका सबै सदस्यहरुलाई विशेष छुट दिने स्किम होटल, रिसोर्ट, लजहरुले ल्याउनुपर्ने सुझाव दिए ।
तत्तपश्चात् सभापति श्रेष्ठको अध्यक्षतामा वसेको समितिको पहिलो बैठकले समितिको कामलाई परिणाममुखी बनाउन विमानस्थलहरुको सही व्यवस्थापन तथा सञ्चालन, (Proper Functioning of the Airports), प्रदेशमा पर्यटन विकास (Tourism Development in the Provinces), तालिम तथा सिकाई (Learning and Training) र गन्तव्य नेपाल प्रवर्द्धन तथा बजारीकरण (Destination Nepal- Promotion and Marketing) क्षेत्रहरु छुट्टयाई उपसमिति गठन गरी कार्य गर्ने निर्णय गरेको छ ।
प्रकाशित समय १६:०९ बजे

















