गृहपृष्ठ विराटनगर भन्सार नाकाबाट काठ आयात बढ्दो

विराटनगर भन्सार नाकाबाट काठ आयात बढ्दो

kath-aayat-newskarobar

विराटनगर भन्सार नाकाबाट काठ आयात बढेको छ । विराटनगर नाकाबाट गत आर्थिक वर्ष ०७४/७५ मा ४ लाख क्युबिक फिट काठ आयात भएको जिल्ला वन कार्यालयका प्रमुुख डा. विनोद देवकोटाले जानकारी दिएका हुन् ।

अघिल्लो वर्ष यो नाकाबाट ३ लाख क्युबिक फिट काठ आयात भएको वन कार्यालयले जनाएको छ । आन्तरिक रुपमा उत्पादन भएका काठ व्यवस्थापन नहुुँदा बाह्य मुुलुुकबाट बर्सेनि ठूलो परिमाणमा काठ नेपाल भित्रिने गरेको छ । पछिल्लो तथ्यांकले तेस्रो मुुलुुकबाट काठ आयात बढ्दो क्रममा रहेको देखाएको छ ।

मलेसिया, इन्डोनेसिया, बर्मा र युुरोपबाट आउने काठ विराटनगर भन्सार हुँदै भित्रिएको जिल्ला वन कार्यालय मोरङले जनाएको छ । विराटनगर, काँकरभिट्टा, वीरगन्ज र भैरहवा नाका भएर विदेशी काठ नेपाल भित्रिने गर्छ ।

विराटनगर नाकाबाट तीन वर्षदेखि मात्रै काठ भित्रिन थालेको हो । विभिन्न भन्सार नाका भएर भित्रिएका कर्मा तथा सखुुवाका काठ काठमाडौं, पोखरा, नेपालगन्जलगायत ठूला सहरमा जाने गरेको वन कार्यालय मोरङले जनाएको छ । विदेशबाट आउने काठलाई प्रतिस्थापन गर्न चालू आर्थिक वर्षमा साढे ४ लाख क्युुबिक काठ उत्पादन गर्ने लक्ष्य लिइएको कार्यालयले जनाएको छ ।

प्रकाशित समय १९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु