गृहपृष्ठ तीनै तहका सरकारसँग सहकार्य गर्न निजी क्षेत्र तयार छ : ढकाल

तीनै तहका सरकारसँग सहकार्य गर्न निजी क्षेत्र तयार छ : ढकाल

chandra-dhakal-sindhuli-mahotsab-newskarobar

आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय विकासका लागि नेपालको निजी क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । सिन्धुली उद्योग वाणिज्य संघको आयोजनामा सिन्धुलीमाढीमा पुस १३ गतेदेखि सुरु भएको प्रादेशिक महोत्सवमा ढकालले उक्त कुरा उल्लेख गरेका हुन् ।

मलेसियाको प्रसंग उल्लेख गर्दै उनले निजी क्षेत्रको सहभागिताले देशको चौतर्फी विकासमा मुख्य भूमिका खेल्ने विचार व्यक्त गरे । अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई प्रदेश ३ का मन्त्री अरुण नेपाल, सार्क चेम्बरका उपाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ सदस्य चण्डीराज ढकाल, स्थानीय जनप्रतिनिधि एवं विभिन्न उद्योगी व्यवसायीले सम्बोधन गरेका थिए ।

सन् २००१ मा स्थापना भएको आइएमई ग्र्रुपले रेमिट्यान्स, बैंकिङ, सूचना प्रविधि, ऊर्जा, पर्यटन, अटोमोटिभ, इन्स्योरेन्स, ट्राभल, इन्फोटेन्टमेन्ट, हस्पिट्यालिटी लगायतका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्दै आएको छ ।

प्रकाशित समय ०७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु