गृहपृष्ठ भारतले नेपाललाई दिने सहयोग बढायो
भारतले नेपाललाई दिने सहयोग बढायो
भारतले चालू आर्थिक वर्षमा नेपाललाई दिने अनुदान सहयोग राशिमा वृद्धि गरेको छ । भारतीय अर्थमन्त्री पीयूष गोयलले शुक्रबार भारतीय संसदमा पेश गरेको चालू आवको पूरक बजेटमा नेपाललाई दिइने अनुदान राशि बढाएर ७ अर्ब भारु (७ अर्ब ४२ करोड नेरु) पुर्याइएको छ ।
नेपाललाई दिइने अनुदान सहयोग राशि ५० करोड भारुले बढाइएको बजेट वक्तव्यमा उल्लेख छ । नेपाललाई दिइने सहयोग राशिमा ५० करोडले मात्र वृद्धि गरिए पनि माल्दिभ्स र अफ्रिकी राष्ट्रहरूलाई दिइने सहयोग राशि दोब्बर पारिएको छ ।
मोदी सरकारको चुनावी बजेट मानिएको यस पूरक बजेटमा भारतले विभिन्न मुलुकलाई दिने सहयोग राशि पनि ५५ अर्ब ४५ करोड भारुबाट बढाएर ६४ अर्ब ४७ करोड रुपैयाँ पु¥याइएको छ । माल्दिभ्सलाई दिइने सहयोग १ अर्ब २५ करोड भारुबाट बढाएर ५ अर्ब ७५ करोड भारु पु¥याइएको छ । यसैगरी भुटानका लागि सर्वाधिक धेरै २६ अर्ब १५ करोड रुपैयाँ छुट्ट्याइए पनि यो गत वर्षको २६ अर्ब ५० करोड भारुबाट घटाइएको हा ।
यसैगरी अफगानिस्तानका लागि ३ अर्ब २५ कारेड, बंगलादेशका लाग ि१ अर्ब ७५ करोड, श्रीलंका लागि १ अर्ब ५० करोड र मंगोलियाका लागि गत वर्षकै समान ५ करोड अनुदान छुट्ट्याइएको छ ।
प्रकाशित समय १२:३९ बजे

















