गृहपृष्ठ जनता आवास कार्यक्रम सरकारको प्राथमिकतामा : अर्थमन्त्री
जनता आवास कार्यक्रम सरकारको प्राथमिकतामा : अर्थमन्त्री
अर्थमन्त्री डा. युवराज खतिवडाले जनता आवास कार्यक्रमलाई उच्च सरकारले प्राथमिकतामा राखेको बताएका छन् । अर्थ मन्त्रालयमा जनता आवास कार्यक्रम कार्यान्वयन नमुना कार्यविधि २०७५ माथि प्राप्त सुझाव हस्तान्तरण कार्यक्रममा मन्त्री खतिवडाले जनता आवास कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश सरकारसँग समन्वय गर्ने र सुरक्षित आवास योजना अघि बढाउन गम्भीर भएर लागिरहेको बताएका हुन् ।
सरकार सधैं वास्तविक आवासविहीनको साथमा रहँदै आएको र अब पनि निरन्तर सहयोग हुने उनले स्पष्ट पारे । कार्यदलले अर्थमन्त्री खतिवडालाई सुझाव पेस गर्दै चालू आर्थिक वर्षको बजेटमा समावेश भएका जनता आवास कार्यक्रमलाई समयमै सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरेको छ । सुझाव हस्तान्तरण कार्यक्रमका प्रतिनिधि मण्डलको नेतृत्व गर्दै पूर्वमन्त्री तथा सभासद जितु गौतमले आवासविहीन दलित परिवारलाई आवासको व्यवस्था गर्दा रोजगारी, शिक्षा, स्वास्थ्यलगायतका आधारभूत विषयमा पनि ध्यान दिनुपर्ने बताए ।
कार्यदलले दलित, मुस्लिम, अति सीमान्तकृत परिवारको जनसंख्या तथा उनीहरुको आवश्यकता र प्राथमिकता यकिन गर्न विस्तृत अध्ययन अनुसन्धान गरी वास्तविक आवासविहीनलाई सम्बोधन गर्नुपर्ने सुझाव दिएको छ ।
प्रकाशित समय १७:४१ बजे

















