गृहपृष्ठ नेप्से सामान्य घट्यो

नेप्से सामान्य घट्यो

share-decrease-newskarobar

सेयर बजार परिसूचक नेप्से साताको अन्तिम दिन बिहीबार पनि ओरालो लागेको छ । बिहीबार नेप्से २.९२ अंकले घटेर १२७५.८१ अंकमा झरेको हो । घटेको बजारमा पनि ५० कम्पनीको सेयर मूल्य बढ्यो ।

बिहीबार १७० कम्पनीको १४ लाख २३ हजार ६८७ सेयर कित्ता ४५ करोड ६५ लाख ६ हजार ९४५ रुपैयाँमा खरिद–बिक्री भएको छ । बिहीबार होटल समूह ०.२ प्रतिशतले बढ्दा बाँकी सबै समूहको परिसूचक घटेको छ । कारोबारमा आएकामध्ये सबैभन्दा बढी आँखुखोला जलविद्युत कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशतले नाफा बढाएका छन् । त्यस्तै, सबैभन्दा बढी गुमाउनेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी अगाडि छ ।

कारोबारको सुरुमा बढ्न थालेको नेप्से डेढ घण्टापछि ओरालो लागेको थियो । यसपटकको बजेटमा सरकार उदार देखिए पनि सेयरबजारमा सुधार भने आउन सकेको छैन । सेयरबजार लागातार ओरालो लाग्ने क्रममा छ ।

प्रकाशित समय १८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु